
बैंकिङ खबर । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) सँग अन्तर्बैंक विधुतिय भुक्तानी प्रणाली (NCHL-IPS_, connectIPS र connect RTGS प्रणालीहरूका लागि एनसीएचएलसँग आवद्घ भएको छ । उक्त सम्झौतापत्रमा एनसीएचएलकातर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार रावतले हस्ताक्षर गर्नुभएको छ ।
NCHL-IPS प्रणाली मार्फत बैंकले ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने (Direct Credit) र लिने (Direct Debit) जस्ता अन्तर्बैंक कारोबारहरु गर्न सक्छन् भने connect RTGS प्रणाली मार्फत ठूलो मुल्यका र तत्काल गरिने भुक्तानीहरू एनसीएचएलका सदस्य बैंक र वित्तीय संस्थाहरूमा गर्न सक्नेछन् । साथै बैंकका ग्राहकहरुले अब connectIPS को वेभर मोबाइल एप प्रयोग गरी आफ्नो बैंक खाताबाट विभिन्न अनलाईन भुक्तानीे कारोबारहरु पनि गर्न सक्नेछन् ।
कर्णाली विकास बैंक लिमिटेड नेपालको मध्य र सुदूर पश्चिमाञ्चलको पहिलो विकास बैंक हो, जसले उक्त क्षेत्रमा बैंकिङ्ग पहुँच बृद्घीमा उल्लेख्य भूमिका निर्वाह गर्दै आएको छ । एनसीएचएलसँगको सहकार्य पश्चात्, उक्त क्षेत्रमा बैंकको डिजिटल बैंकिङ्ग विस्तारमा पनि विशेष पहल हुने विश्वास गरिएको छ ।