बैंकिङ खबर । राष्ट्रिय वाणिज्य बैंकका सञ्चालक डा. उपेन्द्र कोइरालाले पदबाट राजीनामा दिएका छन् । कोइरालाले अर्थमन्त्रालयमा राजीनामा बुझाएका हुन् । यसअघि बैंकको सञ्चालक समिति सदस्य नियुक्ती भएका उनलाई अध्यक्ष बनाउने हल्ला थियो । उपप्रधानमन्त्री र्ईश्वर पोखरेलका सम्धी भएका कारण उनको विरुद्धमा चर्को आवाज उठेको थियो । अध्यक्षमा अर्थमन्त्रालयका सहसचिव धनीराम शर्मा नियुक्त भएपछि असन्तुष्ट बनेका कोइरालाले अर्थ मन्त्रालयमा राजीनामा बुझाएका हुन् ।