Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

४.२ अर्ब डलर दान गर्ने म्याकेन्जी ! कति छ उनको सम्पत्ति ?

२०७७ पुष १६ गते

बैंकिङ खबर । अमेजनका संस्थापक जेफ बेजोसकी पूर्व पत्नी म्याकेन्जी स्कटले विगत चार महिनामा ४.२ अर्ब डलरको सम्पति ३८४ वटा संस्थालाई दान दिएकी छिन् ।उनले सामाजिक सञ्जालमा पोष्ट गर्दै यसको उल्लेख गरेकी हुन् । म्याकेन्जीले कोरोना भाइरसको कहरले अमेरिकनहरूमाथि पाहाड टुटेको बताइन् । पहिले नै समस्याग्रस्त अमेरिकीहरू, विशेष गरी महिला, अश्वेत र गरीबीको रेखामुनि रहेका मानिसहरूलाई कोरोनाले झनै समस्या बढाएको उनको भनाई छ ।

कति छ म्याकेन्जीको सम्पत्ति ?
ब्लूमबर्ग बिलियनेर्स इंडेक्सका अनुसार विश्वको १८ औं धनी म्याकेन्जी स्कटको सम्पत्ति यस वर्ष २३.६ अर्बबाट बढेर ६०.७ अर्ब डलरमा पुगेको छ, यसको सबैभन्दा ठूलो कारण भनेको अमेजन इंकको मूल्य बढेर हो । यस वर्ष उनको दान ६ अर्ब डलर पुगेको छ ।

Ad