Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

८ अर्बको आईपीओ निष्कासन अनुमति पाएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको यस्तो छ रेटिङ ?

२०७७ पुष १६ गते

बैंकिङ खबर । ८ अर्बको आईपीओ निष्कासन अनमति पाएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई इक्रा नेपाल लिमिटेडले रेटिङ प्रदान गरेको छ ।
कम्पनीको आईपीओलाई इन्क्राले इक्राएनपी बीबीबी रेटिङ प्रदान गरेको हो । यस रेटिङले कम्पनी समयमा वित्तिय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको मानिनेछ । यस्ता निकायहरुमा मध्यम क्रेडिट जोखिम रहेको हुन्छ । बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर आईपीओ निष्काशन गर्दैछ । बैंकले निष्कासन तथा बिक्री खुल्ला गर्नका लागेको उक्त आइपिओ नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट पुस १० गते, शुक्रबार अनुमति पाइसकेको छ । कम्पनीको उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

Ad