
बैंकिङ खबर । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा मुक्तिनाथ विकास बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा बैंकको सेयरमूल्य पुस १३ गते सोमबार समायोजन भएको हो । बैंकले आर्थिक वर्षको मूनाफाबाट लाभांश वितरण गर्न बुक क्लोज गरेसँगै नेप्सेले कम्पनीको मूल्य समायोजन गरेको हो । नेप्सेले बैंकको सेयरमूल्य समायोजन गरी प्रतिकित्ता ३४१ रुपैयाँ कायम गरेको छ ।
समायोजित मूल्यलाई आधार मानेर सोमबार बैंकको शेयर कारोबार खुल्नेछ। नेप्सेले अघिल्लो दिनको अन्तिम करोबार मूल्य अर्थात ३७९ रुपैयाँका आधारमा शेयरमूल्य समायोजन गरेको हो । बैंकले आर्थिक वर्षको मुनाफाबाट ११.२५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको छ ।
