Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कामना सेवाको विस्तारीत शाखा बानेश्वर बहुमुखी क्याम्पसमा

२०७७ पुष १० गते

बैंकिङ खबर । कामना सेवा विकास बैंकले आफ्नो सेवा विस्तारको क्रममा शान्तीनगरस्थित बानेश्वर बहुमुखी क्याम्पसमा नयाँ शाखा स्थापना गरेको छ । बैंकले शुक्रबारदेखी विस्तारीत शाखा स्थापना गरी कारोबार शुभारम्भ गरेको हो ।

बैंकका तर्फबाट अध्यक्ष सुदीप आर्चाय तथा क्याम्पसका तर्फबाट प्राडा। घमान सिंह खड्काले संयुक्त रुपमा विस्तारीत शाखाको समुद्घाटन गरेका थिए । योसँगै अब बानेश्वर बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पसमा लाग्ने सम्पूर्ण शुल्क तथा दस्तुर विस्तारीत शाखाबाट नै भुक्तानी गर्नसक्नेछन् ।

साथै कामना सेवाका अन्य ग्राहकहरुले पनि यस एक्सटेन्शन काउन्टरबाट बैकिङ कारोबार गर्न सक्नेछन् । सार्वजनिक बिदा बाहेकका दिनहरुमा ग्राहकहरुले यो काउन्टरबाट बिहान ७ः३० बजे देखी दिउँसो ३ बजे सम्म कारोबार गर्न सक्नेछन् ।

Ad