
बैंकिङ खबर । यूनाईटेड फाइनान्स लिमिटेडले पुस २९ गते २६ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । फाइनान्स कम्पनीले (पुष २९ गते) बुधबार विहान ११ः३० बजे संस्थाको केन्द्रिय कार्यालय, आ ई जे प्लाजा दरवार मार्गमा सभा बोलाएको हो। कम्पनीले कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्यको मापदण्डको सिमाभित्र रहेर सेयरधनी ग्राहकलाई भिडियो कन्फ्रेन्सको माध्यमबाट सहभागि गराउने भएको छ ।
सेयरधनीलाई भिडियो कन्फ्रेन्सको लागि (जुम) मार्फत सहभागि गराउन ID PASSCODE उपलब्ध गराउने जनाएको छ । उक्त साधारण सभामा कम्पनीका अध्यक्षद्धारा वार्षिक प्रतिवेदन पारित गरिने कम्पनीले जनाएको छ । त्यस्तै, साधारण सभाले आर्थिक वर्ष २०७६/६६ को नाफा तनोक्सान पारित गर्ने र २०७७/७८ को लागि लेखापरिक्षण नियुक्त गर्ने भएको हो ।
