
बैंकिङ खबर । हालसम्म नेप्सेमा सूचिकृत भएका मध्येमा २५ वटा वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०७६/७७ बाट बैंकका शेयरधनीहरूलाई प्रदान गरिने लाभांशको घोषणा गरेका छन् । सिभिल बैंक बाहेक बाँकी बैंकहरूले लाभांश घोषणा गरेका हुन् । गत आर्थिक बर्ष ६.५७ प्रतिशत लाभांश वितरण गरेको सिभिल बैंकले यतिबेला सम्ममा लाभांश घोषणा गरेको छैन् ।
उक्त लाभांश साधारण सभाबाट पारित भएपश्चात शेयरधनीहरूलाई वितरण गर्नेछ । तीमध्ये, केहीको साधारण सभा सम्पन्न भएर लाभांश पनि पारित भइसकेको छ भने केही बैंकहरू सभा गर्ने तयारीमा छन् । हालसम्म घोषणा भएको तथ्यांक हेर्दा सबैभन्दा धेरै लाभांश दिने बैंक नबिल बैंक रहेको छ भने कम दिनेमा सेञ्चुरी कमर्सियल बैंक रहेको छ ।
बैंक अफ काठमाण्डू लिमिटेडको असोज १४ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १३ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद (कर सहित) गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै, ग्लोबल आइएमई बैंकले शेयरधनीहरूलाई चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १६ प्रतिशत, कुमारी बैंकले १०.८५ प्रतिशतका दरले बोनस शेयर र ३.१५ प्रतिशतका दरले नगद (कर प्रयोजनका लागि) गरी कुल १४ प्रतिशत, एनआईसी एशिया बैंकले १९ प्रतिशत बोनश शेयर र १ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल २० प्रतिशत, सानिमा बैंकले १० प्रतिशत बोनस शेयर र ३.६० प्रतिशत नगद लभांश सिटिजन्स बैंकले ८ प्रतिशत बोनस शेयर र कर सहित ३ प्रतिशत नगद गरी कुल ११ प्रतिशत र माछापुच्छ्रे बैंक ७.०३ प्रतिशत बोनस शेयर र ३.३७ प्रतिशत नगद (कर सहित) गरी कुल १०.४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
त्यस्तै, हिमालयन बैंकले शेयरधनीहरूलाई १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद गरी कुल २० प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ७ प्रतिशत बोनश शेयर र ४.८४ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल ११.८४ प्रतिशत, सनराइज बैंकले ५.८० प्रतिशत बोनस शेयर र २.४८ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल ८.२८ प्रतिशत, एभरेष्ट बैंक ५ प्रतिशत बोनश शेयर र ५.५३ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १०.५३ प्रतिशत, नेपाल एसबिआई बैंकले ६ प्रतिशत बोनस शेयर र ३.४७ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल ९.४७ प्रतिशत, नेपाल बंगलादेश बैंकले ६ प्रतिशत बोनस शेयर र २.४२ प्रतिशत नगद ९कर प्रयोजनका लागि० गरी कुल ८.४२ प्रतिशत, सिद्धार्थ बैंकले १२ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १५ प्रतिशत, प्राइम कमर्शियल बैंक १५ प्रतिशत बोनस शेयर, नबिल बैंकले ३३.५ प्रतिशत (१०० कित्ता बराबर ३३.५ कित्ता) बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि १.७६ प्रतिशत, एनएमबि बैंकले १३ प्रतिशत बोनस शेयर र ३.२० प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल १६.२० प्रतिशत, सेञ्चुरी कमर्सियल बैंक ५.२५ प्रतिशत बोनस शेयर र २.२५ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल ७.५० प्रतिशत नेपाल क्रेडिट एण्ड कमर्स बैंकले १०.२६९५ प्रतिशत बोनस र ०.५४०५ प्रतिशत नगद (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव गरेको छ।
नेपाल इन्भेष्टमेन्ट बैंक शेयरधनीहरूलाई १३ प्रतिशत बोनस शेयर र ५.५० प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल १८.५० प्रतिशत कृषि विकास बैंक १५ प्रतिशत बोनस शेयर र ०.७८९५ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १५.७८९५ प्रतिशत, मेगा बैंक नेपाल १० प्रतिशत बोनस शेयर र ३.०५ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १३.०५ प्रतिशत, नेपाल बैंक १२ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १६ प्रतिशत, लक्ष्मी बैंक ९ प्रतिशत बोनस शेयर र २.५ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल ११.५ प्रतिशत, प्रभु बैंक १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।