Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

प्राइम कमर्शियल बैंकद्धारा लाभांश घोषणा

२०७७ पुष ६ गते

बैंकिङ खबर । प्राइम कमर्शियल बैंक लिमिटेडले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले हुन आउने रकम २ अर्ब ९ करोड ७७ लाख ८७ हजार ४२५ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो।

पुस ५ गते बसेको बैंकको सञ्चालक समितिको ४११ औँ बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपपश्चात आगामी वार्षिक साधारण सभाले पारित गरी सो लाभांश शेयरधनीहरुलाई वितरण गरिनेछ। हाल बैंकको चुक्ता पूँजी १३ अर्ब ९८ करोड ५२ लाख ४९ हजार ५०० रुपैयाँ छ।

Ad