Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल इन्भेष्मेण्ट बैंकद्धारा लाभांश प्रस्ताव

२०७७ पुष ५ गते

बैंकिङ खबर । नेपाल इन्भेष्टमेण्ट बैंकले गत आर्थिक वर्ष ०७६/७७ को लाभांश प्रस्ताव गरेको छ । कम्पनीको आज आइतवार बिहान बसेको सञ्चालक समितिको बैठकले १३ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ५ दशमलव ५० प्रतिशत नगद लाभांश गरी कुल १८ दशमलव ५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुने जनाइएको छ ।

Ad