
बैंकिङ खबर । पोखरा फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को लाभांश प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक समितिको गत पुस ३ गते अपरान्ह बसेको बैठकले गत आर्थिक वर्षको मुनाफा तथा प्रिमियम कोषबाट हाल कायम चुक्तापुँजी ९१ करोड ७२ लाख ८१ हजार ७०४ रुपैयाँको ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने जनाइएको छ।
