Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बेलायतद्धारा इतिहासमै सबैभन्दा कम व्याज घोषणा

२०७७ पुष ३ गते

अमेरीकाको केन्द्रीय बैंक फेडरल रीजर्भले मुख्य व्याजदरलाई यथावत राखेपछि हाल बेलायतको केन्द्रीय बैंक बैंक अफ इंग्ल्याण्ड (बीओआई) ले पनि बिहीबार आफ्नो मुख्य ब्याज दरमा कुनै परिवर्तन गरेको छैन र यसलाई ०.१ प्रतिशतको अहिलेसम्मको सबैभन्दा कम स्तरको रेकर्ड कायम गरेको छ । केन्द्रीय बैंकले आफ्नो पनि क्वांटेटिभ इजिंग बन्ड खरीद कार्यक्रममा पनि कुनै परिवर्तन गरेन र यसलाई ८९५ अरब पाउन्ड (१.२ लाख करोड डलर) मा कायम राखेको छ । साथै बीओआईले बेलायतमा कोरोनाभाइरस संक्रमणको केस तीव्र गतिले बढेको कारण अपेक्षित भन्दा बढी नोक्सान भोग्न सक्ने चेतावनी पनि दिएको छ ।

बेलायतको केन्द्रीय बैंकका अनुसार बेलायतमा कोरोनाभाइरसको दोस्रो चरणपछि लागु गरीएको लकडाउनको कारण अर्थव्यवस्था फेरि दबाबमा परेको छ । यसको कारणले, २०२१ को पहिलो क्वाटरमा बेलायतको जीडीपी प्रदर्शन अनुमानित भन्दा खराब हुनेछ । गत महिना, बीओआईले २०२० को चौथो क्वाटरमा (अक्टोबरडिसेम्बर) मा बेलायत दोस्रो पटक मन्दीमा पर्न सक्ने बताएको थियो ।

बेलायतको जीडीपीमा १ प्रतिशतभन्दा बढीले गिरावट आउन सक्छ
बीओआईका अनुसार डिसेम्बर क्वार्टरमा कुल गार्हस्थ्य उत्पादनमा १ प्रतिशतभन्दा बढी गिरावट आउन सक्छ । यसको मतलव २०२० मा GDP २०१९ को तुलनामा ११ प्रतिशतले घट्न सक्छ । यदि यस्तो भएमा यो बेलायतको लागि ३०० बर्षको सब भन्दा ठूलो मन्दी हुनेछ ।

युएस फेडले आफ्नो मूख्य दर ०-०.२५ प्रतिशतको रेन्जमा कायम राख्यो ।
बुधवार, अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले पनि मुख्य ब्याज दर परिवर्तन गरेन । फेडरल ओपन मार्केट कमेटी (FOMC) ले आफ्नो बेंचमार्क दरलाई ० प्रतिशतदेखि ०.२५ प्रतिशतको बिचमा कायम राख्यो । फेडले यो पनि संकेत ग-यो कि उसले खोप अभियानहरू बीच रिकभरीको दोस्रो चरणलाई समर्थन गर्न २०२३ सम्म आफ्नो दर शून्यको नजीकसम्म राख्न सक्नेछ ।

Ad