
बैंकिङ खबर । नेपाल बैंकले गत आर्थिक वर्ष २०७६/७७ को लागि १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको पुस १ गते बुधवार बसको सञ्चालक समितिको बैठकले १२ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद गरी कुल १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल बैंकको चुक्तापूँजी रू.११ अर्ब २८ करोड २८ लाख २० हजार रहेको छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिने बैंकको भनाई छ ।
