Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

तिनाउ मिसन डेभलपमेन्ट बैंकले १० करोड ८७ भन्दा बढी बोनस सेयर बाँड्ने

२०७७ पुष २ गते

 

बैंकिङ खबर । तिनाउ मिसन डेभलपमेन्ट बैंकले १० करोड ८७ भन्दा बढी बोनस सेयर बाँड्ने भएको छ । बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई बोनस सेयरमात्र वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको ६ प्रतिशतले हुन आउने १० करोड ८७ लाख ८७ हजार ६३२.०५ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो। बैंक सञ्चालक समितिको हिजो बुधबार बसेको बैठकले यस्तो प्रस्ताव गरेको हो। प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी १४ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकको भनाई छ । 

 
Ad