
ग्लोबल ह्युमन डेभलपमेन्ट इंडेक्सको १८९ देशहरुको सूचीमा नेपाल १४२ औं स्थानमा रहेको छ । संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) द्धारा जारी गरिएको यस सूचकांकमा नर्वे पहिलो स्थानमा छ । आयरल्यान्ड र स्विजरल्याण्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् । यस सूचीमा भारत १३१ औं स्थानमा छ भने पाकिस्तान १५४ औं स्थानमा छ ।
प्रतिवेदनका अनुसार भुटान र श्रीलंका जस्ता देशहरू पनि यो इन्डेक्समा भारतभन्दा राम्रो छन् । श्रीलंका ७२ औं, भुटान १२९ औं र चीन ८५ औं स्थानमा छन् ।
मानव विकास सूचकांक के हो ?
मानव विकास सूचकांक वा ह्युमन डेभलपमेन्ट इंडेक्स लामो र स्वस्थ जीवन, शिक्षा र आयको अनुक्रमणिकाबाट निकालिएको मानक हो । यो विधि अर्थशास्त्री महबूब-उल-हक द्धारा बनाईएको थियो । पहिलो मानव विकास सूचकांक १९९० मा जारी गरिएको थियो । त्यसबेलादेखि यसलाई प्रत्येक वर्ष संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) ले प्रकाशित गरेको छ ।