Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सीमित अवधिको लागि एनआईबिएल एस क्यापिटलले ल्यायो निःशूल्क डिम्याट खाता संचालन योजना

२०७७ पुष १ गते

बैंकिङ खबर । नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडको स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले निःशूल्क डिम्याट खाता दर्ता सुरु गरेको छ । क्यापिटलले आज बुधबार (पौष १, २०७७ ) देखीलागू हुने गरी निःशुल्क डिम्याट खाता तथा निःशुल्क मेरो शेयर दर्ता सुरु गरेको हो । उक्त योजना सीमित अवधिको लागि मात्र भएकोले एनआईबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट तथा यसका अन्य शाखाकार्यालयहरू तथा नेपाल ईन्भेष्टमेण्ट बैंकको देशभर रहेका कुनै पनि शाखा कार्यालयमा गई निःशुल्क डिम्याट खाता खोली मेरो शेयर पनि दर्ता गर्न सकिने क्यापिटलले जनाएकोे छ । यसका अतिरिक्त एनआईबिएल एस क्यापिटल लिमिटेडले एकै दिनमा डिम्याट खाता तथा मेरो शेयर दर्ता प्रदान गर्ने प्रतिवद्धता समेत जनाएको छ । क्याप्टिल लिमिटेडसँग आवद्ध भई आप्mनो् प्रतिकृया तथा सुझाव दिई सेवा प्रवाहमा सुधार ल्याउन मद्दत गर्ने सम्पूर्ण ग्राहकहरुलाई कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरुमा पनि सहज रुपमा आप्mनो ग्राहक वर्गहरुलाई भरपर्दाे सेवाहरु प्रदान गर्ने प्रतिवद्धता जनाएको छ ।

Ad