
बैंकिङ खबर । हिमालयन बैंक लिमिटेडको संचालक समितिले बैंकका संचालक सुनिल बहादुर थापाको संयोजकत्वमा मर्जर/एक्युजिसन उपसमिति गठन गरेको छ । नेपालको वित्तिय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले अगाडि सारेको मर्जर/एक्युजिसनलाई प्रोत्साहन गर्ने नीतिलाई अनुसरण गर्दै हिमालयन बैंकले बुधबार उक्त उपसमिति गठन गरेको हो । संचालक समितिद्धारा गठित सो उपसमितिले मर्जर/एक्युजिसनका लागि उपयुक्त बैंक तथा वित्तिय संस्थाको खोजीका साथ–साथै त्यस बारे अध्ययन विश्लेषणको कार्य गरिरहेको बैंकले जनाएको छ । हाल सम्ममा कुन बैंकसँग मर्जर गर्ने भन्ने निर्णय चाहि नभएको बैकले जनाएको छ ।