Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सेञ्चुरी बैंकले यसरी कमायो सवा ३८ करोड मुनाफा

२०७३ श्रावण २५ गते

centuryसेञ्चुरी कमर्सियल बैंकले गत आर्थिक बर्षमा ३८ करोड २६ लाख नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक बर्षको तुलनामा ४६ दशलमव ६७ प्रतिशतले बढी  नाफा कमाएको हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकले २६ करोड ८ लाख रुपैयाँ नाफा कमाएको थियो । 

२ अर्ब ८४ करोेड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५३ करोड २६ लाख रुपैंयाँ रहेको छ । निष्कृय कर्जा शुन्य दशमलव २४ प्रतिशत रहेको बैंकले १० करोड ३७ लाख रुपैयाँ प्रोभिजन राखेको छ भने ३ करोड १२ लाख रुपैयाँ खराब कर्जा उठाउन बैंक सफल भएको छ ।

बैंकको प्रति शेयर आम्दानी १३ रुपैंयाँ ४७ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ ११८ रुपैंयाँ ७५ पैसा रहेको छ । बैंकले २०७३ असार मसान्तसम्ममा २८ अर्ब ९६ करोड निक्षेप संकलन गरेर २५ अर्ब ८ करोड कर्जा तथा सापटी प्रवाह गरेको छ ।