
एक समय, ताही कोबायाशी टोक्योको फुटपाथमा सुत्थे । उनी घरबार विहीन थिए । संगीतको रुचिले गर्दा उनले आफ्नो हाईस्कूलको पढाई छोडे । अहिले उनी ३७ वर्षको उमेरमा जापानका एक ठूला व्यापारी भएका छन् । कोबायाशीको कम्पनी एक अरबको मूल्यांकन भएको टेक्नोलोजी स्टार्टअप हो ।
उनको कथा जापानको मिडक्याप कम्पनीको बृद्धि भएको कथा हो, जसलाई सुनेर सबै जना छक्क परेका छन् । कोबायाशीको कम्पनीले स्टार्टअप र अन्य फर्महरूलाई नयाँ व्यवसाय र उत्पादनहरू डिजाइन र सिर्जना गर्न मद्दत गर्दछ । यो यस वर्ष जुलाईमा सूचीबद्ध गरिएको थियो र यसको सेयर तीन गुणा बढि बढेको छ ।
यो एक यस्तो उपलब्धि हो जुन कल्पना मात्र गर्न सकिन्छ । कोबायाशीका अनुसार उनका आमा बुबाले १७ वर्षको उमेरमा उनलाई घरबाट निकाले जब उनले आफ्नो संगीत ब्यान्डमा ध्यान दिन हाई स्कूलको पढाई छोडे । उनी दिउँसो संगीत बजाउँथे र धेरैजसो जाडो रातमा न्यानो राख्नका लागि कार्टुनको प्रयोग गरेर सडकमा सुत्थे ।
उनी डेढ वर्षसम्म घरबारविहीन रहे । अन्ततः भाग्यले साथ दियो र उनले सफ्टवेयर इन्जिनियरको रूपमा काम पाए । उनी २०१२ मा भियतनाममा सन एस्टरिस्कका रुपमा चर्चित कम्पनीको स्थापित गर्ने महत्वपूर्ण सदस्यहरू मध्ये एक थिए । अब उनी उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत छन् ।
कोबायाशीका अनुसार उनका बुबाआमाले हाईस्कूल छोड्ने निर्णयलाई स्वीकार गरेनन् । उनका बुबाआमाले युनिभर्सिटी शिक्षा लिनका लागि आर्थिक योजना बनाएका थिए । त्यसपछि उनको बुबाआमाले कोबायाशीलाई मलाई घर छोड्न भने र उनले घर छाडिदिए । उनले भने, “म मेरो जीवन बिताउन चाहान्छु जुन मलाई मनपर्दछ ।“
कोबायाशीले जाडो मौसममा टोक्योको शिन्जुकु र शिबुया जिल्लाका सडकहरूमा रात बिताए । कोबायाशीले भने, “म जहाँ पनि सुत्न सक्थें।“ कोबायाशीको स्कूलको समयका नजिकका साथी युशी फुकगावा, जो हाल सनमा कार्यरत छन्, उनी कोबायाशीको घरबारविहीनताको सम्झना गर्छन् । उनी बताउँछन् कोबायाशीका अभिभावकहरू स्कूल छाड्ने बिरूद्ध थिए ।
१९ वर्षको उमेरमा, लाइभ म्यूजिक क्लबका एक व्यवस्थापकले कोबायाशीप्रति दया दर्शाए र उनलाई एउटा जागिर दिए । कोबायाशीले यस क्लबमा छ बर्ष काम गरे । अन्ततः कोबायाशीले निर्णय गरे कि यो समय बित्यो अब अघि बढ्ने समय आएको छ । त्यसपछि सबै भन्दा पहिले, उनले केहि पैसा ट्रेडिंग म्यूजिक रेकर्ड अनलाइन बनाए । त्यसपछि एउटा जागीरको विज्ञापन आयो जसमा कुनै योग्यता वा अनुभव आवश्यक पर्दैनथ्यो ।
छ घण्टाको परीक्षामा गणितिय सीप, तार्किक सोच र आईक्यू टेस्ट थियो । यस परीक्षणमा कोबायाशी उत्तीर्ण भए र काम शुरू गरे । यस कामको क्रममा उनी सफ्टवेयर इञ्जिनियर बनेका थिए । यस प्रकार उनले सनका संस्थापकमा एक मकोटो हिरोईलाई भेटे । भेटका क्रममा दुबै जना कम्पनी खोल्न सहमत भए । त्यहाँ धेरै सफ्टवेयर ईन्जिनियरहरू थिए जसले प्रोग्रामिंगमा उत्कृष्ट प्रदर्शन गरे । तर त्यहाँ केहि थोरै थिए जसले ती सीपहरू प्रयोग गर्न सक्दछन् र यसलाई व्यवसायिक लुक दिन सक्छन् ।
कोबायाशीले भने, “हाम्रो अडान स्टार्टअपको विकासमा थियो । यस अवधिमा, सनले आफ्नो व्यवसाय विस्तार ग-यो, र यसको अधिक ग्राहक छन् । जुलाईमा, यो स्टार्टअप टोकियो स्टक एक्सचेन्जमा सूचीबद्ध गरिएको थियो । यो एक्सचेन्ज स्टार्टअपको मुख्य एक्सचेन्ज हो । यसको सेप्टेम्बरमा ६ गुणा वृद्धि भयो । जसको बजार मूल्य १.४ अरब डलरभन्दा बढी छ । यस अवधिमा स्टार्टअपमा कोबायाशीको करिब ८ प्रतिशत सेयरको मूल्य ७.१ करोड डलर छ ।