Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सेञ्चुरी कमर्सियल बैंकको लाभांस वितरण

२०७७ मंसिर ३० गते


बैंकिङ खबर । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई गत आ.ब. २०७६÷७७ को मुनाफाबाट ७.५० प्रतिशत लाभांस वितरण गर्ने भएको छ जसमध्ये चुक्ता पूँजीको ५.२५ प्रतिशत बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांस वितरण गर्ने भएको छ । मिति २९ मंसिर २०७७ मा बसेको बैंकको ३२६ औं सञ्चालक समतिको बैठकले चुक्ता पूँजीको ५.२५ प्रतिशत बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताब गरेको छ । सो लाभांस नेपाल राष्ट्र बैंकको स्वीकृति एंव बैंकको १० औं वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिने जनाइएको छ । थप जानकारीका लागि बैंकको आधिकारीक वेबसाइट धधध।अभलतगचथदबलप।अयm।लउ तथा बैंकका शाखा कार्यलयहरुमा सम्पर्क राख्न बैंकले अनुरोध गरेको छ ।

Ad