Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सानिमा बैंकद्वारा रक्तदान कार्यक्रमको आयोजना

२०७७ मंसिर २६ गते

बैंकिङ खबर । सानिमा बैंकले आफ्नो १६औं वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र–नक्साल, नारायणचौरसंगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।बैंकले शुक्रबार नन्दीकेश्वर बगैंचा, नक्सालमा सो रक्तदान कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रममा स्थानीय बासी, प्रहरी तथा बैंकका कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो । बैंकले कोभिड–१९ को जोखिम न्यूनिकरण गर्न आवश्यक सुरक्षा नीति अपनाइएको थियो । बैंकले स्थापना कालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । सानिमा बैंकको सातै प्रदेशमाहाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

 

 

 

Ad