Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनएमबि बैंकले ८ प्रतिशत ब्याजदरमा २ अर्बको ऋणपत्र जारी गर्ने

२०७७ मंसिर २५ गते

बैंकिङ खबर । एनएमबि बैंकले ऋणपत्र जारी गर्ने भएको छ । बैंकले २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । जसमध्ये ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गरिनेछ । बाँकी १२ लाख कित्ता बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

एनएमबिले ७ वर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको हो । यसमा वार्षिक ८ प्रतिशत ब्याजदर दिने बैंकले जानकारी दिएको छ । धितोपत्र बोर्डको अनुमति पाएपछि ऋणपत्र जारी हुनेछ । यसमा सिद्धार्थ क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।

Ad