
बैंकिङ खबर । सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा संचित रकम समेतबाट बैंकका शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । मंसिर १९ गते बसेको सञ्चालक समितिको ३५७ औं बैठकले आफ्ना शेयरधनीहरुलाई १२ प्रतिशत बोनस शेयर तथा ३ प्रतिशत नगद लाभांश (बोनस शेयर तथा नगद लाभाशंको कर प्रयोजनका लागि समेत) गरी कुल १५ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकको हालको चुक्ता पूँजी ९ अर्ब अठहत्तर करोड सतहत्तर लाख सतसठ्ठी हजार एक सय अडतीस रुपैयाँको १२ प्रतिशत बराबरको एक अर्ब सत्र करोड पैतालिस लाख बत्तीस हजार सन्ताउन्न रुपैयाँ बोनस शेयर तथा ३ प्रतिशत बराबरको उनान्तीस करोड छत्तीस लाख तेत्तीस हजार चौध रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति तथा साधारण सभाबाट पारित भए पश्चात वितरण गरिने छ ।