
बैंकिङ खबर । बैंक तथा वित्त कम्पनीका कार्यरत १० हजार बढि कर्मचारीहरुलाई कोरोनाबाट संक्रण पृष्टि भएको छ । हाल बैंक तथा वित्त कम्पनीहरुमा कुल ४९ हजार ८ सय ४२ जना कर्मचारी कार्यरत छन् । जसमध्ये १० हजार बढि कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो ।
नेपालका हालसम्म कुल २ लाख ४१ हजार बढीलाई कोरोना संक्रमण पुष्टी भइसकेको छ । कुल संक्रमितमा ४.३१ प्रतिशत बैंक तथा वित्त कम्पनीमा कार्यरत कर्मचारी र उनका परिवारका सदस्यलाई कोरोना भाइसर पुष्टी भएको हो ।
नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स संघद्वारा प्राप्त तथ्यांकअनुसार बैंकिङ क्षेत्रका कुल संक्रमितमा १० हजार १ सय ४ जना बैंकका कर्मचारी र कर्मचारीका परिवारका सदस्य रहेका छन् ।