
बैंकिङ खबर । सानिमा बैंकले आफ्ना बचतकर्ताहरुका लागि ल्याएको दीर्घायु बचत योजना अन्तर्गत बचत कर्ता यादव श्रेष्ठलाई औषधी उपचार बीमा दाबी रकम भुक्तानी गरेको छ । बैंकको न्यूरोड शाखामा दीर्घायु बचत खाता खोलेका काठमाडौ निवासी यादव श्रेष्ठले रु. ४७ हजार २ सय ३० रुपैयाँ औषधी उपचार बीमा भुक्तानी पाएका छन् । बैंकका निक्षेप अधिकृत प्रमुख सरोज गुरागाईंले सुस्वस्थ्य र दीर्घायुको कामना गर्दै उक्त चेक यादव श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । दीर्घायु बचत योजनामाग्राहकहरुले वार्षिक रु.५ हजारको निःशुल्क स्वास्थ्यपरीक्षण सुविधा,रु. ५हजार सम्मको ओ.पि.डि. भुक्तानीशुल्क सहित रु.५० हजार सम्मको औषधीउपचार बीमा (नेपाल र भारतमागरिने उपचारमा), रु.१०लाखको दुर्घटना बीमा ररु. ३ लाखको ६ घातक रोगहरुको बीमा सुविधा पाउन सक्नेछन् । श्रेष्ठलाई सिद्धार्थ इन्स्योरेन्सको सहकार्यमा बीमा रकम भुक्तानी गरिएको हो । सानिमा बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टरर ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।