Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

२०७७ मंसिर २२ गते

बैंकिङ खबर । मुक्तिनाथ विकास बैंकले १५.५१५ लाभांश दिने घोषणा गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ११.२५५ बोनस र कर प्रयोजनसहित ४.२६५ नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । यसर्थ, मुक्तिनाथले ४८ करोड ६५ लाख ६१ ह्जार ३१७ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ । यस्तै, १८ करोड ४२ लाख ४४ हजार ५५२ रुपैयाँ नगद बाँड्नेछ । नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र सेयरधनीको हात लाभांश पर्नेछ । गत वर्ष यसले १७.६५ बोनस र ०.९३५ नगद लाभांश वितरण गरेको थियो ।

Ad