
बैंकिङ खबर । नेपाल एसबिआई बैंक र डा लाल प्याथल्याब नेपाल प्राइभेट बीच सम्झौता भएको छ । बैंकका सम्पुर्ण भिसा डेबिट कार्ड गा्रहकहरुलाई लक्षित गरी बैंकले डा लाल प्याथल्याब नेपाल संग छुट दिने गरी सम्झौता गरेको हो । बैंकका सम्पुर्ण भिसा डेबिट कार्ड बाहक गा्रहकहरुलाई लक्षित गरी डा. लाल प्याथल्याबमा कार्ड प्रयोग बापत प्याथोलोजी सेवामा १५ प्रतिशत सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता अनूसार बैंकका गा्रहकहरुले कार्ड प्रयोग गर्दा लिने निश्चित सूविधामा सो छुट प्राप्त गन सक्नेछन् । उक्त सम्झौता बैंकका प्रमूख व्यवसाय प्रबर्धन अधिकृत छपि राज पन्त तथा डा. लाल प्याथल्याब नेपाल प्राइभेट लिमिटेडका क्षेत्रीय विक्री प्रबन्धक प्रविन कुमार सिंहका बिच सम्पन्न भयो ।