Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

महालक्ष्मी विकास बैंकद्धारा Visa Contactless Card सेवा सञ्चालनमा

२०७७ मंसिर १७ गते

बैंकिङ खबर । महालक्ष्मी विकास बैंक Visa Contactless कार्ड सेवा सञ्चालनमा ल्याएको छ । Visa Contactless s कार्ड Near Field Communication (NFC)मा आधारित प्रविधि हो । जसमा प्रत्यक्ष स्पर्श नगरिकन सरल तथा छरितो तरिकाले POS Terminal बाट रकम भुक्तानी गर्न सकिन्छ । महालक्ष्मी विकास बैंक Visa Contactless कार्ड सुविधा सञ्चालनमा ल्याउनेविकास बैंकहरु मध्ये प्रथम बैंक हो ।यस कार्डको प्रयोगबाट विश्वभर फैलिएको कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणमा विशेष सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।बैंकले नयाँ प्रविधिको सुरुवात गरी आफ्नाग्राहकहरुलाई आधुनिक बैंकिङ अनुभव दिन खोजेको जनाएको छ । देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या करिब पाँच लाख रहेको छ ।

Ad