Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

डेभलपमेन्ट एलाएन्स नेपाल चौथो वर्षमा प्रवेश

२०७७ मंसिर १५ गते

बैंकिङ खबर । डेभलपमेन्ट एलाएन्स नेपालले तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । एलाएन्स नेपाल आइतबारबाट चौथो वर्षमा प्रवेश हो । कम्पनीले कृषि र कृषि कर्जाको क्षेत्रलाई लक्षित गर्दै सेवा प्रवाह गरीरहेको छ । एलायन्स नेपाल मुलतः कृषि विकास बैंकबाट अवकाश प्राप्त कृषि कर्जाको क्षेत्रमा लामो अनुभव प्राप्त विज्ञहरुको समूहद्धारा प्रवद्र्धित संस्था हो । यो संस्थाले विगत तीन वर्षदेखि विशेषगरी कृषि ब्यवसायमा संलग्न भएका र हुन चाहने कृषक तथा उद्यमीहरुलाई विभिन्न प्रकारका प्राविधिक, ब्यवस्थापकिय, बैंकिङ्ग तथा बित्त एवं अन्य विविध परामर्श सेवा उपलब्ध गराउनुका साथै यस क्षेत्रमा आवश्यक तालिम प्रदान गर्दै आएको छ । वाणिज्य बैंकका कर्मचारीहरुको कृषिकर्जा विश्लेषणमा दक्षता अभिबृद्धिको लगि पछिल्लो समयमा कृषि कर्जा विश्लेषण तालिमको माग बढ्दै गएकोले एलायन्सले बैंकहरुको आवश्यकता अनुसारका कृषिका उपक्षेत्रहरु समावेश गरी कृषि वित्त तालिम संचालन गर्दै आएको छ । हालसम्म एलायन्सले विभिन्न बैंकहरुका ३०० जना कर्मचारीहरुलाई उक्त प्रकारको तालिम प्रदान गरिसकेको छ । उक्त तालिमबाट बैंकहरुलाई प्रभावकारी रुपमा कर्जा कार्यक्रम संचालन तथा गुणस्तरीय कृषि कर्जा प्रवाह गर्न सघाउ पुगेको छ । गत आ.व.मा बैंकहरुले आफ्नो कुल कर्जा तथा सापटको १० प्रतिशत अनिवार्य रुपमा कृषि क्षेत्रमामात्र कर्जा लगानी गर्नु पर्ने ब्यवस्था रहेकोमा यस आ.व. को मौद्रिक नीतिमा उल्लेख भए अनुसार उत्त सीमामा बृद्धि गरी १५ प्रतिशत पुर्याउने जनाएको छ । एलायन्स आफ्नो परिकल्पान, ध्येय र लक्ष्य अनुसार आगामी दिनमा कृषि तथा कृषि वित्त क्षेत्रमा आवश्यक सहयोग पुयाउन विभिन्नसरकारी/गैर सरकारी संस्था, बैंक तथा वित्तीय संस्था एवं सरोकारवाला निकायहरुसंग सहकार्य गरी अगाडि बढ्न थप प्रतिबद्ध रहेको छ ।

Ad