
बैंकिङ खबर । नेपाल एसबिआई बैंकले परोपकार अनुसन्धान केन्द्रलाई विद्युतीय उपकरण हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अनारमनी, विर्तामोडस्तिथ परोपकार तथा अनुसन्धान केन्द्रलाई आवश्यक विद्युतीय उपकरणहरु प्रदान गरेको हो । संस्थाले हाल ३८ जना जना वृद्धवृद्धाहरुलाई आश्रय दिइरहेको छ । संस्थामा आयोजना गरिएको एक कार्यक्रममा बैंकका प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमारले संस्थाका अध्यक्ष विक्रम मादेन ( गुरुङ ) लाई सामानहरु हस्तान्तरण गरेका हुन् ।