Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिन्धु विकास बैंकको मुनाफा पौने ३ करोड

२०७३ श्रावण २३ गते

sindhuसिन्धु विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा २ करोड ७२ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । बैंकले अघिल्लो वर्षको तुलनामा ६० दशमलव ३१ प्रतिशत बढी मुनाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा १ करोड ६९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

१२ करोड ९ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडा कोषमा ३ करोड ५९ लाख रुपैयाँ राखेकोे छ । निक्षेपमा ११ दशमलव ७२ प्रतिशतले वृद्धि गरी १ अर्ब १८ करोड रुपैयाँ संकलन गरेको बैंकले कर्जामा ८८ करोड ८९ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानीमा ४१ दशमलव ७१ प्रतिशतले बढेर ६ करोड ८३ लाख रुपैयाँ पुगेको छ । त्यस्तै गरी सञ्चालन मुनाफामा ६० दशमलव ७० प्रतिशतले बढेर ४ करोड २८ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा ९ लाख रुपैयाँ छुटाएको छ ।

बैंकको प्रतिशेयर आम्दानी वार्षिक २२ दशमलव ५३ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १ सय २९ दशमलव ७१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २५ दशमलव ७४ गुणा र तरलता अनुपात ३४ दशमलव ५४ प्रतिशत रहेको छ । बैंकको निस्कृय कर्जा १ दशमलव १८ प्रतिशत रहेको छ भने जोखिम युक्त सम्पत्ति १६ दशमलव ५६ प्रतिशत रहेको छ ।