Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल बैंकको नयाँ व्याजदर सार्वजनिक, कुनमा कति ?

२०७७ मंसिर २ गते

बैंकिङ खबर । नेपाल बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले मंसिर १ गते, सोमबारबाट लागू हुने गरी विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको हो । हालसम्म नेपाल बैंकले साधारण तर्फ २५ खाता संचालनमा ल्याएको छ । साधारण २५ वटा निक्षेप खातामा बैंकले न्यूनतम २.५० देखि ४.५० प्रतिशत व्याजदर कायम गरेको छ । साथै, बैंकले मुद्दती निक्षेपमा न्यूनतम ४.५० देखि ७.२५ प्रतिशत व्याजदर कायम गरेको छ । त्यस्तै, विभिन्न शैक्षिक कर्जा, घरेडि कर्जा, सवारी कर्जा र घर कर्जामा न्यूनतम ९.४९ देखि १३.९३ प्रतिशतसम्ममा कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ ।

Ad