Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

पहिलो त्रैमास: प्रभु बैंकको नाफामा उल्लेखय वृद्धि, प्रतिशेयर नेटवर्थ कति ?

२०७७ कार्तिक २७ गते

 

बैंकिङ खबर । प्रभु बैंकले चालू आवको पहिलो त्रैमासको वित्तीय विवरण बिहीवार सार्वजानिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३५ दशमलव २५ प्रतिशत वृद्धि भएको हो । कम्पनीले चालू आवको पहिलो त्रैमासमा ८५ करोडभन्दा बढी नाफा कमाएको छ । कम्पनीले गत आवको पहिलो त्रैमासमा ६२ करोड ८४ नाफा कमाएको थियो । चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । सो अवधिमा कम्पनीको वितरणयोग्य नाफा १७ करोड ५६ लाख रहेको छ । चुक्तापूँजी १० अर्ब ३१ करोड ५५ लाख रहेको कम्पनीले जगेडा कोषमा ४ अर्ब ३० करोड ४६ लाख र रिटेन्ड अर्निङमा १ अर्ब ४० करोड सञ्चित गरेको हो । चालू आवको पहिलो त्रैमासमा कम्पनीले १ खर्ब ३३ अर्ब २९ करोडभन्दा बढी निक्षेप संकलन गरेर १ खर्ब १६ अर्ब ६ करोड कर्जा प्रवाह गरेको छ । सो अवधिमा कम्पनीको नाफा बढेसँगै प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । गत आवको पहिलो त्रैमासमा प्रतिशेयर आम्दानी २८ दशमलव २७ रहेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर ३२ दशमलव ९६ पुगेको छ । त्यसैगरी मूल्य आम्दानी अनुपात २३८, तरलता अनुपात २६ दशमलव २२ प्रतिशत र प्रतिशेयर नेटवर्थ १५५ दशमलव ३० रहेको छ ।

Ad