
बैंकिङ खबर । राष्ट्रिय वाणिज्य बैंकले बाकेको खजुरा गाँउपालिका संग सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्झौता गरेको छ । बैंक लुम्बिनी प्रादेशिक प्रबन्धक आनन्द सुवेदी र खजुरा गाँउपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले मंगलबार सो सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सो समझौता पश्चात गाँउपालिकाले आफ्नो क्षेत्र भित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ । गाउपालिकाले सिफारिस गरेको व्यातिmले बैंकबाट सहुलियपूर्ण कर्जा पाउने छन् । बैंकले प्रवाह गर्नै कर्जाले निर्वामुखी कृषि उत्पादनलाई व्यवसायीकरण गरी देशलाई समृद्धसँग जोड्न सघाउ पुग्ने सुवेदी बताए । गाँउपालिकाका अध्यक्ष कक्षपतिले कर्जाको उपभोगबाट व्यक्तिको आफ्नो आर्थिक स्तर उकास्न सघाउ पुग्ने र कर्जामा गाँउपालिकाको संस्थागत ग्यारेण्टी समेत हुने बताए । उक्त कार्यक्रममा गाँउपालिकाका उपाध्यक्ष एकमाया बि.क, गाँउपालिकाका वडा अध्यक्षहरु, प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल, सल्लाहकार भीम वली, कर्मचारीहरु, स्थानीय उद्यमीहरु लगायतको उपस्थिति रहेको थियो ।