Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

तिहारमा कुनै पनि बैंकका शाखा नखुल्ने, डिजिटल कारोबार गर्न आग्रह

२०७७ कार्तिक २५ गते

बैंकिङ खबर । नेपाल बैंकर्स संघले तिहारको अवसरमा यहि कात्तिक २९ देखि मंसिर १ गतेसम्म बैंकहरु बन्द रहने जनाएको छ । बैंकहरु बन्द हुने भएपनि डिजिटल सेवा सुचारु हुने जनाइएको छ । दसैंमा पनि बैंकहरुले यसैगरी ५ दिन बिदा दिएका थिए ।

संघले संक्रमणबाट जोगिन सर्वसाधारणलाई डिजिटल बैंकिङ सेवा निरन्तर हुने उल्लेख गर्दै डिजिटल बैंकिङको प्रयोग गर्न समेत आग्रह गरेको छ ।  एटिएम सेवा पनि यथावत रुपमा प्रयोग गर्न सकिने संघको भनाई छ । संघका अनुसार हासम्म विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ बाट वाणिज्य बैंकहरुका करीब ६ हजार कर्मचारीहरु संक्रमित भइसकेका छन् ।

Ad