Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्सेमा बजार पूँजीकरण २२ खर्ब ९ अर्ब माथि पुग्यो !

२०७७ कार्तिक २३ गते

बैंकिङ खबर । नेपाल स्टक एक्सचेञ्ज ‘नेप्से’मा बजारको विस्तारसँगै आकारमा पनि उल्लेख्य सुधार आएको छ । आज आइतबारसम्ममा सेयर बजारको आकार २२ खर्ब ९ अर्ब ८ करोडको पुगेको छ । नेप्से परिसूचकमा आएको सुधारसँगै बजार पूँजीकरण हालसम्मकै उच्च भएको हो ।
नेप्सेमा सूचीकृत सेयरको संख्या र शेयरको मूल्य वृद्धिसँगै बजार सूचक पनि बढ्दो क्रममा देखिएपछि धितोपत्रको बजारको आकार बढेको हो । नेप्सेको बजार पूँजीकरण गणना गर्दा सूचीकृत कम्पनीको शेयर मूल्यको महत्वपुर्ण भूमिका हुन्छ । बजार पूँजीकरणलाई शेयर बजारको सम्पत्तिको रुपमा बुझिन्छ । नेप्सेमा सूचीकृत शेयरहरुको कूल बजार मूल्य अर्थात सम्पूर्ण सूचीकृत कम्पनीको शेयर मूल्य र शेयर संख्याको गुणनफल नै बजार पूँजीकरण हो । यसअघि दशैंपछि कारोबार खुलेको पहिलो दिन (कार्तिक १२ गते) नेप्सेको कुल बजार पूँजीकरण २२ खर्ब १ अर्ब ६ करोड रुपैयाँ पुगेको थियो । यसअवधिमा बजारमा शेयरको आपूर्ति उल्लेख्य बढेको छ । यो अवधिमा बैंक वित्तीय संस्थाको चुक्ता पूँजी ४ गुणा भन्दा धेरैले बढेको छ भने जलविद्युत तथा उत्पादन मुलक क्षेत्रका कम्पनीहरुको सहभागिता पनि बढेको छ । त्यसैगरी सूचीकृत कम्पनीको बोनस तथा हकप्रद शेयर पनि उत्तिकै थपिएको छ । आइतबार नेप्से परिसूचक १२.४९ अंकले बढेको छ भने बजार पूँजीकरण पनि हालसम्मकै उच्च २२ खर्ब ९ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । कोरोना भाइरसका कारण समग्र अर्थतन्त्र गतिशिल हुन नसकेको अवस्थामा शेयर बजारमा भने आकर्षक देखिन थालेको छ । पछिल्लो समयमा लगानीका अन्य क्षेत्र नभएको र बैंक वित्तीय संस्थाको ब्याजदर पनि घटेको हुनाले शेयर बजार लगानी थपिएको अनुमान छ । त्यसले बजार बजार सुधारमा महत्वपुर्ण भुमिका खेलेको छ ।

Ad