Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

अर्बपति क्लबमा सानिमा बैंक पनि

२०७३ श्रावण २० गते

sanima-bankगत आर्थिक वर्षको चौथो त्रैमासमा सानिमा बैंकले १ अर्ब ४ करोड ५५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो वर्षको तुलनामा ६७ दशमलव ४६ प्रतिशतले बढी मुनाफा कमाएको हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ६२ करोड ४१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।   

४ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा करिब ४ गुणाले वृद्धि गरी १ अर्ब ४१ करोड ५९ लाख रुपैयाँ राखिएको छ । यस अवधिमा बैंकले खराब कर्जा ९९ लाख रुपैयाँ उठाएको छ भने निष्क्रिय कर्जा शुन्य ७ प्रतिशतबाट शुन्य दशमलव २ प्रतिशतमा झरेको छ।