Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

यो साता नेप्सेमा ५ कम्पनीको शेयर सूचिकृत, कुनको कति कित्ता ?

२०७७ कार्तिक २१ गते

बैंकिङ खबर । नेपाल स्टक एक्सचेञ्ज ‘नेप्से’मा यस साता विभिन्न ५ वटा कम्पनीको शेयर सूचिकृत भएको छ । स्टकका अनुसार २ कम्पनीको बोनस शेयर, एउटा कम्पनीको हकप्रद शेयर, एउटा कम्पनीको मर्जर हुँदाको शेयर र एउटा कम्पनीको साधारण शेयर सूचिकृत भएको हो ।यस साता नेप्सेमा हिमालयन जनरल इन्स्योरेन्सको ४ लाख १० हजार ८ सय ८० कित्ता बोनस शेयर, सारथी नेपाल लघुवित्त र नयाँ नेपाल लघुवित्त मर्जर भई १:१ को अनुपातमा गाभिँदा कायम हुन आएको प्रति शेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरको २३ लाख ५३ हजार ८ सय २१ कित्ता शेयर, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको ९३ लाख ८५ हजार २ सय कित्ता हकप्रद शेयर, तिनाउ मिसन डेभलपमेन्ट बैंकको १३ लाख ७३ हजार एक दशमलव ७५ कित्ता बोनस शेयर र सानिमा जनरल इन्स्योरेन्सको १ करोड कित्ता साधारण शेयर सूचिकृत भएको हो ।

Ad