काँक्रेविहार विकास बैंकले गत आर्थिक बर्षमा ७० लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो बर्षको तुलनामा २४ दशमलव ४६ प्रतिशत बढी मुनाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ५६ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।
६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले जगेडा कोषमा २ करोड २० लाख रुपैयाँ राखेको छ । बैंकको खुद व्याज आम्दानी तथा संचालन नाफा उल्लेख्य रुपमा बढेको छ । सो अवधिमा बैंकले ७९ करोड ८१ लाख रुपैयाँ निक्षेप संकलन गरेर ४८ करोड २७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकले प्रोभिजनमा ६० लाख रुपैयाँ राखेको छ भने ५० लाख रुपैयाँ खराबकर्जा उठाएको छ । बैंकको प्रतिशेयर आम्दानी ११.५९ रुपैयाँ, मूल्य आम्दानीको अनुपात ३७ दशमलव ५३ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ११ दशमलव ५९ रुपैयाँ र तरलता अनुपात ४७ दशमलव ५१ प्रतिशत रहेको छ ।


