Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

प्राइम कमर्सियल बैंकले ऋणपत्र निष्काशन गर्न माग्यो बोडलाई अनुमति

२०७७ कार्तिक १८ गते

बैंकिङ खबर । प्राइम कमर्सियल बैंक लिमिटेडले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्काशनका लागि नियामक निकाय धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति माग गरेको हो । दीर्घकालीन स्रोत परिचालनका लागि ऋणपत्र निष्काशनका लागि बैंकले कार्तिक १४ गते शुक्रबार सेबोनमा निवेदन पेश गरेको बोर्डले जनाएको छ । बैंकले ८।७५ प्रतिशत ब्याजदर प्रदान गर्नेगरी ८ वर्ष अवधिको प्राइम डिबेन्चर २०८५ जारी गर्न लागेको हो । बैंकले जारी गर्ने ३५ लाख कित्ता ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात १४ लाख कित्ता सर्वसाधारणका लागि र ६० प्रतिशत अर्थात २१ लाख कित्ता व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई बिक्री गर्नेछ । बैंकको ऋणपत्रमा निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

Ad