Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

मंगलबार नेप्से ५ दशमलव ४० अंकले उकालो लाग्दा २ अर्व माथिको कारोबार

२०७७ कार्तिक १८ गते

 

बैंकिङ खबर । मंगलबार सेयर कारोबार मापन नेप्से परिसूचकले उकालो यात्रा तय गरेको छ । आज मंगलबार नेप्से ४ दशमलव ३४ अंकले बढेर १ हजार ६ सय ४२ अंकमा पुगेको हो । त्यस्तै सेन्सेटिभ इन्डेक्स १ दशमलव १४ अंकले बढे्र ३ सय २६ दशमलव ६० अंकमा सिमित भएकोे छ । कूल १ सय ९८ कम्पनीकोे ७७ लाख ५७ हजार ३५३ सेयर खरिद बिक्री हुँदा २ अर्व २३ करोड ७९ लाख ६४ हजार ५७२ रुपिँयाको कारोबार भएको छ । आज कारोबार भएका कूल १२ उपसमूहमध्ये आज १० वटा उपसमूहको शेयर बढेको छ भने बाँकी २ वटा उपसमूहको शेयर घटेको छ। मंगलबार कारोबार रकमका आधारमा नेपाल टेलिकमले शीर्ष स्थान ओगटेको छ । टेलिकमले १० करोड ३ लाख २१ हजार ५ सय ३२ रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको छ । 

Ad