Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एडिबीद्धारा लक्ष्मी बैंक अग्रणी साझेदार बैंकको रुपमा सम्मानित

२०७७ कार्तिक १६ गते

बैंकिङ खबर । लक्ष्मी बैंकले एसियाली विकास बैंक (ADB) को ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्राम (TSCFP) बाट सन् २०२० को लागि नेपालको अग्रणी साझेदार बैंक (Leading Partner Bank in Nepal)  को रुपमा सम्मान प्राप्त गरेको छ । TSCFP सँग २०१९ जुलाइ १ देखि २०२० जुन ३० को अवधिमा नेपालबाट सर्वाधिक कारोबार गरेवापत हालै सम्पन्न एक भर्चुअल कार्यक्रमका बीच बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो ।
लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १२१ शाखा, ७ वटा एक्स्टेन्सन काउण्टर, ४ हस्पिटल सेवा काउन्टर, १५१ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्टतथा ६१ शाखा रहित बैंकिङ्ग एजेन्टहरुमा रहेको छ ।

 

Ad