Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

स्ट्यान्डर्ड चार्टर्ड बैंकले कति दिदैछ लाभांश ?

२०७७ कार्तिक १४ गते

बैंकिङ खबर । स्ट्यान्डर्ड चार्टर्ड बैंकले ११.८४ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट लाभांस घोषणा गरेको हो । बैंकको बिहीवार बसेको ४०३ औँ सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव अघि सारेको हो । उक्त लाभांशको प्रस्ताव नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिने जनाइएको छ । बैंकले कुल ११.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकोमा ७ प्रतिशत बोनस सेयर र कर सहित ४.८४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

 

 

Ad