Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८ अर्ब रुपैयाँको ‘आइपिओ’ आउँदै

२०७७ कार्तिक ५ गते

बैंकिङ खबर । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब रुपियाँको ८ करोड कित्ता सर्वसाधारण शेयर ‘आइपिओ’ निष्काशन गर्ने भएको छ । मंसिर ३ गते हुने दोस्रो वार्षिक साधारण सभाबाट आइपिओ निष्काशन लगायतको एजेण्डासहितको प्रस्तावहरु पारित गरिने बैंकले जनाएको हो । आइतबार बसेको सञ्चालक समितिको बैठकले काठमाडौँ १० बानेश्वर स्थित बैंकको रजिष्टर्ड कार्यालयमा अपरान्ह ४ बजे साधारण सभा गर्ने निर्णय गरेको छ ।  कोरोना १९ को महामारीको जोखिमका कारण साधारण सभा अनलाइन प्रविधि मार्फत समेत सहभागी हुन सक्ने गरी शेयरधनीहरुलाई कन्फ्रेन्सको लिंक र आईडीरपासवर्ड उपलब्ध गराउने व्यवस्था समेत गरिएको छ । नियमनकारी निकायको स्वीकृति पश्चात जारी गर्ने सञ्चालक समितिको निर्णय बमोजिम बैंकको जारी पूँजी अन्तरगत सर्वसाधारण समूहका लागि छुट्याईको ४० प्रतिशत ९सर्वसाधारण समूह भित्र नै वर्गिकरण हुने गरी कर्मचारीलाई छुट्याइएको ०।२ प्रतिशत शेयरसहित० ले हुने ८ करोड कित्ता शेयर निष्काशनका लागि आईपर्ने सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समिति वा सञ्चालक समितिले तोकिएका पदाधिकारीलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव समेत साधारण सभाले पारित गर्नेछ ।

Ad