Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

अर्बपति क्लबमा थपियो प्रभु बैंकको नाम

२०७३ श्रावण १८ गते

prabhu bankप्रभु बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ अर्ब १४ करोड ७८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत वर्षको तुलनामा १२ दशमलव ७२ प्रतिशतले बढी नाफा कमाएको हो । गत वर्षको सोहि अवधिमा बैंकले १ अर्ब १ करोड ८२ लाख रुपैयाँ मुनाफा गरेको थियो । 

५ अर्ब ८८ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकले बैंकले निक्षेपमा ४४ दशमलव ६० प्रतिशतले वृद्धि गरि ६० अर्ब ९४ करोड रुपैयाँ संकलन गरेको छ भने कर्जामा ६२.४२ प्रतिशतले बढाएर ४८ अर्ब २१ करोड २७ लाख रुपैयाँ लगानी गरेको छ । 

खुद व्याज आम्दानीमा २७ दशमलव ५४ प्रतिशतले वृद्धि गरी १ अर्ब ९६ करोड ८४ लाख रुपैयाँ पुर्याएको छ भने सञ्चालन मुनाफामा पनि ३ सय ८५ प्रतिशतले वृद्धि गरी ८७ करोड ६२ लाख रुपैयाँ आर्जन गरेको छ । बैंकको सञ्चालन मुनाफामा गरेको वृद्धि भारी हो ।

बैंकको प्रोभिजनमा २७ करोड रुपैयाँ नोगेटिभमा रहेको छ भने १ अर्ब ५ करोड रुपैयाँ खराबकर्जा उठाउन बैंक सफल भएको छ । बैंकको प्रति शेयर आम्दानी १९ दशमलव ५१ रुपैयाँ रहेको छ । त्यस्तै निष्कृय कर्र्जा १ दशमलब ०५ प्रतिशतले बढेर ८ दशमलव ३८ प्रतिशतमा पुगेको छ भने जोखिम युक्त सम्पति १ दशमलव ५२ प्रतिशतले बढेर १२ दशमलव १३ प्रतिशत रहेको छ ।