Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सिटिजन्स बैंक इन्टरनेसनलद्धारा लाभांश प्रस्ताव

२०७७ कार्तिक ३ गते

बैंकिङ खबर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सोमवार बसेको सञ्चालक समितिको वैठकले लाभांश प्रस्ताव गरेको हो । कम्पनीले गत असार मसान्तसम्म कायम चुक्तापूँजीको ७ दशमलव ७० प्रतिशत बोनस शेयर तथा ३ दशमलव ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउने छन् ।अघिल्लो आवमा कम्पनीले शेयरधनीलाई १२ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

Ad