
बैंकिङ खबर । नेपाल स्टक एक्सचेञ्ज ‘नेप्से’ले पाँच ब्रोकर कम्पनीहरुको मार्जिन कारोबार सदस्यता खारेज गरेको छ। नेप्सेले मार्जिन कारोबार सेवा नवीकरणका लागि निवेदन प्राप्त नभएका ब्रोकरहरुको सदस्यता खारेज गरेको हो। नेप्सेले निवेदन नदिएका श्रीकृष्ण सेक्युरिटिज (२८), सुन्धारा सेन्यूरिटिज (५२), प्रज्ञान सेक्युरिटिज (१०), नासा सेक्युरिटिज (५८) र सिप्रवी सेक्युरिटिज (२२) को मार्जिन कारोबार सदस्यता खारेज गरेको हो। मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि, २०७५ परिच्छेद – २ को दफा ६९२० मा भएको व्यवस्था बमोजिम मार्जिन कारोबार सेवा नवीकरणका लागि निवेदन प्राप्त नभएका सदस्य दलालहरुको अनुमतिपत्र स्वतः खारेज हुने व्यवस्था छ। मार्जिन कारोबार अनुमति पाएका २२ ब्रोकर कम्पनीहरुमध्ये अन्य १७ ब्रोकर कम्पनीहरुले नविकरण गर्न निवेदन दिएका छन्। नेप्से ति ब्रोकरहरुको सदस्यता नविकरण गरेको छ।