
बैंकिङ खबर । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लिलामी शेयरको बाँडफाँड गरिएको छ । कम्पनीले असोज १३ गते मंगलबारदेखि असोज १९ गतेसम्म लिलामी मार्फत बिक्रीका लागि खुल्ला गरेको हकप्रद शेयरको कार्तिक २ गते बाँडफाँड गरेको हो । उक्त सेयरमा परेको शिलबन्दी बोलापत्रहरु असोज २६ गते खोलिएको थियो । कम्पनीले गत असार १४ गतेदेखि साउन ४ गतेसम्म बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको कुल ५ लाख ९० हजार १४ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीका खुल्ला गरेको थियो । जसमध्ये संस्थापक समूहको ३ लाख ३७ हजार ५६५ कित्ता र सर्वसाधारण समूहको २ लाख ५२ हजार ४४९ कित्ता कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिएको थियो । त्यसैगरी लिलाम बढाबढमा बाँडफाँडमा नपरेको शेयर वापतको रकम भुक्तानी भोलि कार्तिक ४ गते मंगलबार आवेदकले आफ्नो आवेदन फाराममा इल्लेख गरेको बैंकरवित्तीय संस्थाको खातामा मार्फत रकमान्तर गरिने कम्पनीले जनाएको छ । साथै, आफ्नो खातामा रकम जम्मा भएरनभएको यकिन गरी रमक जम्मा नभएको खण्डमा बिक्री प्रवन्धक एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी, काठमाडौंमा सम्पर्क गर्न समेत कम्पनीले आग्रह गरेको छ । साथै बाँडफाँडको अन्तिम मूल्य संस्थापक समूहतर्फ १ सय ६६ रुपैयाँ र सर्वसाधारण समूहतर्फको ६ सय ४ रुपैयाँ कायम गरिएको छ ।