
बैंकिङ खबर । मुक्तिनाथ विकास बैंकले केहि संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्री गर्न चाहेकोले बैंकले सो शेयर बिक्री गर्न लागेको हो । नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन अनुसार संस्थापक शेयर खरिदका लागि पहिलो हक साविकका शेयरधनीहरुको हुने भएकोले खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले आवेदन दिन सक्नेछन् । बैंकको जारी गरेको सूचना अनुसार आवेदन दि इच्छुक व्याक्तिले सूचना प्रकाशित भएको ३५ दिनभित्र उक्त शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।