बैंकिङ खबर । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हकप्रद शेयर बिक्री खुल्ला गरेको छ । कम्पनीले ३६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको हो । कम्पनीको हकप्रद शेयरको लागि कार्तिक ६ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले हकप्रद शेयर निष्काशनको लागि भदौ १२ गते शेयरधनी दर्ता किताब बन्द गरेको थियो । त्यसैले सो भन्दा अघिल्लो दिनसम्म कायम साविक शेयरधनीहरुले १ कित्ता शेयर बराबर नयाँ २ कित्ता शेयरको अनुपातमा प्रतिशेयर १ सयको अंकित दरमा उक्त शेयरमा कार्तिक ६ गते सम्म आवेदन दिन सक्नेछन् । उक्त शेयरको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकको काम बिओके क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।
क्यापिटल मार्केट
समृद्धि फाइनान्सको हकप्रद शेयर बिक्रीमा, कार्तिक ६ गतेसम्म आवेदन दिन सकिने
२०७७ कार्तिक २ गते